• ट्रेण्डिङ्ग :
घरमा सम्मान पाउने अबस्था छैन !

घरमा सम्मान पाउने अबस्था छैन !


  • 6.0K
    SHARES
    • फाल्गुण २४, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 9.2K Views

    घरमा सम्मान पाउने अबस्था छैन !

    सुशील बस्नेत,दाङ २४ फागुन/परिवारबाटै सम्मान नपाएको महिलाहरुले बताएका छन् । मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले ८ मार्चको सन्दर्भमा आयोजना गरिएको ११४ औ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा महिला हिंसा र दुव्र्यबहार विरुद्धको साहित्यिक काब्य  कार्यक्रममा श्रष्टाहरुले सम्मान परिवारबाट हुन नसकेको बताएका हुन । महिला हिंसा घरबाटै हुदै आएको छ । यसलाई न्युनिकरण गर्दै जानुपर्छ,साहित्यकार निर्मला डाँगीले भन्नुभयो । अर्का साहित्यकार भवानी न्यौपानेले हामी नारी यस धर्तीका श्रृष्टीकर्ता भन्ने कविता वाचन गर्नुभयो । 

    images

    अपाङगता भएकी साहित्यकार मन्जु कँडेलको सृजना थियो,चेलीको पुकार राज्यले सुन्दैन,बरु चोर पक्राउ पर्ला महिला माथि हुने हिंसा र दुब्र्यबहारमा संलग्नलाई कारर्बाही नै हुदैन । उदाहरण कार्य गर्दै जानु,दिदी बिहिनी समाजमा चेतना छर्दै जानु भन्नुभयो । कार्यक्रममा भएका ब्यक्ति साहित्यकार सुरेश बिक,अवसरमा माध्यामिक बिद्यालय बालापुरकी समिता मियाँ,माबि सेन्टरका अम्रिक्षा चौधरी,कुस्मा शर्मा,निर्मला ओली,यशोदा बस्नेत,माबि कालाखोलाका अर्जुन बिकले महिला अधिकार,महिला हिंसा बिरुद्ध र राज्यका बिभिन्न तहमा महिलाको सम्मानजन सहभागिताको बारेमा आफ्ना रचना वाचन गर्नुभएको थियो । 

    शाखा सभापति कोमल डिसीको सभापतित्वमा भएको कार्यक्रममा बिषय प्रबेश शान्ति समाजका निर्वतमान केन्द्रिय बरिष्ठ उपसभापति सुशील बस्नेतले गर्नुभएको थियो । सो अवसरमा माबि तुलसीपुर सेन्टरका शिक्षीका मेनका भण्डारी र माबि बालापुरका शिक्षीका उषा गौतमले आआफ्ना धारणा राख्नुभएको थियो । स्वागत मन्तब्य सहसचिव माधव बस्नेतले र सहजिकरण सदस्य भिमलाल मरासीनिले गर्नुभएको थियो । शान्ति समाजले मार्च ८ लाई अन्तराष्ट्रिय दिवसका अवसरमा बिबिध कार्यक्रम गर्दै आएको छ ।


    तेस्रो आँखा