• ट्रेण्डिङ्ग :
कालीकोटमा करेन्ट लागेर दुई जनाको मृत्यु

कालीकोटमा करेन्ट लागेर दुई जनाको मृत्यु


  • 5.8K
    SHARES
    • फाल्गुण २६, २०८० शनिबार
    • २ बर्षs अघि
    • 8.9K Views

    कालीकोटमा करेन्ट लागेर दुई जनाको मृत्यु

    कालीकोट, २६ फागुन । कालीकोटमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । नरहरीनाथ गाउँपालिका–८ मा करेन्ट लागेर आज बिहान लालुका गाउँका ४३ वर्षीय केशवराज थापा र उनका २७ वर्षीय भतिज गङ्गा थापाको मृत्यु भएको हो । 

    images

    विद्युत्को सवस्टेशनबाट चाखा काल्ढुङ्गा भन्ने स्थानमा सबलाइन विस्तार गर्ने क्रममा करेन्ट लागेको नरहरीनाथ गाउँपालिकाका प्रवक्ता तथा वडा नं ९ का वडाध्यक्ष प्रदीप बोहोराले राससलाई जानकारी दिनुभयो । “गाडेको विद्युत्को पोल अन्यत्र सार्न खोज्दा पोलको टुप्पोले विद्युत् प्रवाह भइरहेको तारलाई छुँदा करेन्ट लागको हो”, उहाँले भन्नुभयो, “दुवै जनाको घटनास्थलमा नै मृत्यु भएको हो ।” 

    मृतक केशवराज थापा स्थानीय मङ्गलासैनी माध्यमिक विद्यालयको शिक्षक हुनुहुन्थ्यो । 


    तेस्रो आँखा