• ट्रेण्डिङ्ग :
राष्ट्रियसभा अध्यक्षमा शर्मालाई उम्मेदवार बनाउँदै कांग्रेस

राष्ट्रियसभा अध्यक्षमा शर्मालाई उम्मेदवार बनाउँदै कांग्रेस


  • 4.1K
    SHARES
    • फाल्गुण २७, २०८० आइतबार
    • २ बर्षs अघि
    • 6.3K Views

    राष्ट्रियसभा अध्यक्षमा शर्मालाई उम्मेदवार बनाउँदै कांग्रेस

    काठमाडौँ ।  नेपाली कांग्रेसले यही फागुन २९ गते हुने राष्ट्रियसभा अध्यक्ष पदमा पार्टीका तर्फबाट युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

    images

     पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा आज उहाँको निवास बूढानीलकण्ठमा बसेको कांग्रेस संसदीय दल कार्यसमितिको बैठकले राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा पार्टीका तर्फबाट शर्माको उम्मेदवारीको प्रस्ताव दर्ता गर्ने निर्णय गरेको हो ।

     बैठकले शर्माको पक्षमा मतदान गर्न राष्ट्रियसभामा रहेका अन्य राजनीतिक दल तथा सदस्यहरुसँग अनुरोध गर्ने निर्णय गरेको संसदीय दलका नेताको सचिवालयले जनाएको छ ।


    तेस्रो आँखा