• ट्रेण्डिङ्ग :
थारु कल्याणकारी संघ मलेसियाको ८ औ वार्षिकोत्सब समपन्न

थारु कल्याणकारी संघ मलेसियाको ८ औ वार्षिकोत्सब समपन्न


  • 4.3K
    SHARES
    • फाल्गुण २८, २०८० सोमबार
    • २ बर्षs अघि
    • 6.6K Views

    थारु कल्याणकारी संघ मलेसियाको ८ औ वार्षिकोत्सब समपन्न

    सुर्य घर्ति मलेसिया, थारु कल्याणकारी संघ मलेसियाले आफ्नो ८ औ वार्षिकोत्सब भव्यरुपले मनाएको छ। मलेसियाको क्वालालम्पुर शहरको Dewan Perhimpunan Cina Kuala Lumpur Dan Selangor को सभाहलमा आयोजित कार्यक्रममा मलेसिया स्थित नेपाली राजदुत महामहिम डिल्ली राज पौडेल ज्युको प्रमुख आतिथ्य रहेको 

    images

    M8.jpeg

    थारु कल्याणकारी संघले धेरै संघसंगठनका पदाधिकारीहरुलाइ कार्यक्रममा निम्तो दिएको थियो। विशेष अतिथिहरु, NRNA मलेसियाका पदाधिकारी, नेपाल मगर संघ, फोनिज मलेसिया, रोल्पाली सेवा समाज मलेसिया, हेल्प मधेसी लगायत थुप्रै संघसंगठनबाट प्रतिनिधित्व गरेर धेरै अतिथि तथा दर्शकहरु आउनु भएको थियो। कार्यक्रमलाइ थप रोचक र संगीतमय बनाउनको लागि नेपाल देखि चर्चित कलाकारहरुलाइ बोलाइएको थियो। नेपाल देखि गायक श्री निवास चौधरी, गायिका अनु चौधरी र मोडल ममता चौधरी यसै कार्यक्रमको लागी आउनु भएको थियो। नेपाल देखी आएका

    M7.jpeg

    कलाकारहरुले उपस्थित दर्शकहरुलाइ विभिन्न साङ्गितिक प्रस्तुति मार्फत मनोरञ्जन दिलाएका थिए। उक्त कार्यक्रममा स्थानीय कलाकारहरुको पनि बेजोड प्रस्तुति रहेको थियो। कार्यक्रमलाइ सम्बोधन गर्दै मलेसिया स्थित नेपाली राजदुत महामहिम डिल्ली राज पौडेलले थारु संगठनले गरेको सामाजिक कामको प्रसम्सा गर्दै अन्य संघसंगठनलाइ पनि एकजुट हुदै मानवसेवामा समर्पित हुन अनुरोध गर्नु भयो। साथै मलेसियामा रहेको नेपाली श्रमिकहरुको बर्तमान समस्याहरुलाइ हल गर्दै परि आएको आम समस्यालाइ सबै मिलि हल गर्न नेपाल दूतावास तयार रहेको जानकारी गराउनु भयो।

    M5.jpeg

     

    M2.jpeg


    सुर्य घर्ति मगर
    लेखकबाट थप