काठमाडौं । राष्ट्रिय सभाकालागि अध्यक्ष पदको निर्वाचन अन्तर्गत आज उमेदवारी दर्ता हुने भएको छ । संघीय संसद् सचिवालयले उम्मेदवारी दर्ताकोलागि आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्मको समय निर्धारण गरेको छ। आज दिउँसो १.३० बजे नै उम्मेदवारको नामावली समेत प्रकाशन हुनेछ।
सचिवालियले फागुन २९ गते मंगलबारकालागि निर्वाचनको तालिका सार्वजनिक गरेको छ। बिहान ११ः०९ बजे बस्ने बैठकमा अध्यक्ष चयन प्रक्रिया अघि बढाइने कार्यतालिका छ।
