• ट्रेण्डिङ्ग :
राष्ट्रपतिद्वारा राजदूतलाई शपथ

राष्ट्रपतिद्वारा राजदूतलाई शपथ


  • 3.0K
    SHARES
    • फाल्गुण ३०, २०८० बुधबार
    • २ बर्षs अघि
    • 4.6K Views

    राष्ट्रपतिद्वारा राजदूतलाई शपथ
    काठमाडौँ, ३० फागुन/ राष्ट्रपति रामचन्द्र पौडेलले क्यानडाका लागि नेपालका आवासीय राजदूत भरतराज पौडेललाई राजदूत पदको पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । 
     
    राष्ट्रपति कार्यालय, महाराजगञ्जमा आज आयोजित समारोहमा नवनियुक्त राजदूत पौडेललाई शपथ गराइएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । सो अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको समेत उपस्थिति रहेको विज्ञप्तिमा उल्लेख छ । 


    तेस्रो आँखा