• ट्रेण्डिङ्ग :
नेटवर्किङ व्यवसायमा लगानी नगर्नू : राष्ट्र बैंक

नेटवर्किङ व्यवसायमा लगानी नगर्नू : राष्ट्र बैंक


  • 6.3K
    SHARES
    • माघ ९, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 9.8K Views

    नेटवर्किङ व्यवसायमा लगानी नगर्नू : राष्ट्र बैंक

    काठमाडौं, ९ माघ । नेपाल राष्ट्र बैंकले नेटवर्किङ व्यवसायमा लगानी नगर्न चेतावनी आग्रह गरेको छ ।

    images

    राष्ट्र बैंकले सूचना जारी गर्दै हाइपर फण्ड, जोसियएल, क्राउड वन, सोलेम्याक्स जस्ता पिरामिड व्यवसायमा लगानी नगर्न आग्रह गरेको हो । 

    नेटवर्किङ व्यवसाय गैरकानुनी भएको भन्दै राष्ट्र बैंकले त्यसमा लगानी नगर्न आग्रह गरेको छ । राष्ट्र बैंकले भर्चुअल करेन्सी र क्रिप्टोकरेन्सीमा कारोबार नगर्न चेतावनी दिएको हो । 

    नेपालमा क्रिप्टोकरेन्सी तथा नेटवर्किङ व्यवसायले मान्यता पाएको छैन । अबैध कारोबार गर्दा सर्वसाधारण ठगिने, अवैधानिक तरिकाले रकम बाहिरिई पुँजी पलायन हुने भएकाले त्यस्ता कारोबार तथा व्यवसायमा संलग्न नहुन राष्ट्र बैंकले सूचना जारी गर्दै आग्रह गरेको छ ।

  • सम्बन्धित विषय:

  • # नेपाल राष्ट्र बैंक

  • तेस्रो आँखा