काठमाडौं १ चैत/कुवेतमा कारको ठक्करबाट तीन नेपालीको मृत्यु भएको छ । मंगलबार बिहान महबुला क्षेत्रमा कारले ठक्कर दिँदा तीन नेपालीको घटनास्थलै मृत्यु भएको कुवेतस्थित नेपाली दूतावासका सूचना अधिकारी प्रेमराज गौतमले जानकारी दिए।
मृत्यु हुनेमा नागार्जुन नगरपालिका-२ सानोभर्याङ बस्ने सुजन कार्की, पञ्चदेवल विनायक नगरपालिका-५ अछामका सुरजबहादुर कडायत र वेंगाडावर-३ मिथिला नगरपालिका धनुषाका धिरज गुर्माछान मगर रहेको गौतमले जानकारी दिए ।
उनीहरूको पासपोर्टमा भएको ठेगानाका आधारमा परिवारसँग सम्पर्क गर्ने प्रयास भइरहेको गौतमले बताए । कार्कीले २०२३ फेब्रुअरी, कडायतले २०२२ अगष्ट, र मगरले २०२२ अप्रिल महिनामा कुवेतमा बस्ने अनुमति पाएका थिए।
