• ट्रेण्डिङ्ग :
आज एमाले अध्यक्ष केपी ओली र नायक राजेश हमालबीच संवाद हुने

आज एमाले अध्यक्ष केपी ओली र नायक राजेश हमालबीच संवाद हुने


  • 4.9K
    SHARES
    • चैत्र २, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 7.5K Views

    आज एमाले अध्यक्ष केपी ओली र नायक राजेश हमालबीच संवाद हुने

    काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अभिनेता राजेश हमालबीच आज राष्ट्रिय सभागृहमा सिनेमा संवाद हुने भएको छ।

    images

    सातौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को अवसरमा सो संवाद हुन लागेको हो। आज बिहान ११ बजेदेखि उनीहरूबीच संवाद हुने भएको छ। सो संवाद कार्यक्रममा सर्वसाधारणले निःशुल्क सहभागी हुन पाउने छन्।

    कार्यक्रममा स्वदेशी तथा विदेशी चलचित्रकर्मीको सहभागिता रहनेछ।

    चैतको १ गतेदेखि सुरु भएर ५ गतेसम्म चल्ने महोत्सवमा निर्देशन शिल्प, नेपाली चलचित्रको बजार, चलचित्र समीक्षा र एआईको भविष्यका विषयमा छलफल हुने बताइएको छ। महोत्सवमा ४० देशका ८८ वटा फिल्म देखाइनेछ।


    तेस्रो आँखा