• ट्रेण्डिङ्ग :
राष्ट्रपति पौडेलद्वारा सालिक अनावरण

राष्ट्रपति पौडेलद्वारा सालिक अनावरण


  • 3.0K
    SHARES
    • चैत्र ३, २०८० शनिबार
    • २ बर्षs अघि
    • 4.7K Views

    राष्ट्रपति पौडेलद्वारा सालिक अनावरण

    जलेश्वर, ३ चैत/राष्ट्रपति रामचन्द्र पौडेलले जिल्लाको पिपरा गाउँपालिका– ४ मा निर्मित पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता स्वर्गीय रामनारायण मिश्र, जलेश्वर नगरपालिका– ५ मा निर्मित पूर्वमन्त्री स्वर्गीय गणेश नेपाली र मटिहानी नगरपालिका– ८ मा निर्मित सहिद केशव कोईरालाको सालिक अनावरण गर्नुभएको छ ।

    images

    राष्ट्रपति पौडेलले पिपरामा नेता मिश्रको, त्यसपछि नेता नेपालीको र अन्त्यमा सहिद केशव कोइरालाको सालिक अनावरण गर्नुभएको हो ।

    सालिक अनावरण गर्नुहुँदै राष्ट्रपति पौडेलले सहिद एवं पूर्वनेता  देशका धरोहर हुन् भन्दै उहाँहरुप्रति सबैको श्रद्धाभाव हृुनुपर्ने बताउनुभयो । उहाँहरूले देशका लागि गरेको योगदानलाई हामीले बिर्सिन नहुने तथा उहाँहरुले देखाउनुभएको बाटोमा सधैं हिँड्नुपर्नेमा राष्ट्रपतिले जोड दिनुभयो । 


    तेस्रो आँखा