बाँके ४ चैत/बाँकेमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका ९ ढकेरी नजिक बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय बाँकेका अनुसार ढकेरीमा आफन्तको घरमा पाहुना आउनुभएका दार्माकोट सल्यान निवासी ७१ वर्षीय नागेन्द्रप्रसाद शर्माको शव बाघले खाएको अवस्थामा कोहलपुर र ढकेरीको बिचमा रहेको भालुखोलामा फेला परेको छ । शर्माको शव आइतबार बिहान फेला परेको हो ।
