• ट्रेण्डिङ्ग :
आगलागीमा परी घाइते भएका बाबुछोरीको मृत्यु

आगलागीमा परी घाइते भएका बाबुछोरीको मृत्यु


  • 3.1K
    SHARES
    • चैत्र ८, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 4.8K Views

    आगलागीमा परी घाइते भएका बाबुछोरीको मृत्यु
    कालीकोट, ८ चैत/ कालीकोटको खाडाँचक्र नगरपालिका–५ ढाडगाउँस्थित नवदुर्गा सामुदायिक वनमा लागेको डढेलोमा घाइते भएका ५० वर्षीय नन्दराम चौलागाईँको बुधबार दिउँसो मृत्यु भएको छ । 
     
    यही चैत २ गते बाख्रा चराउन गएको बेला वनमा लागेको डढेलोमा घाइते भएका चौलागाईँको सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालले मृत्यु भएको हो ।
     
    शुक्रबार घरमुनिको वनमा गोठालो गएका बुवालाई दिउँसोको खाजा रोटी पु¥याउन गएकी १२ वर्षीया छोरी हेमन्ती पनि आगोमा जलेर घाइते हुनुभएको थियो । घाइते बाबुछोरीलाई शनिबार बेलुकी हेलिकप्टरबाट थप उपचारका लागि सुर्खेत लगिएको थियो ।
     
    छोरी हेमन्तीको सोमबार उपचारका क्रममा मृत्यु भएको कर्णाली प्रदेश अस्पताल स्रोतले जनाएको छ । नन्दरामलाई चार दिनदेखि सघन उपचार कक्ष (आइसीयू)मा राखेर उपचार गरिरहेकामा बुधबार दिउँसो मृत्यु भएको अस्पतालका डा केएन पौडेलले जानकारी दिनुभयो ।
     
    चौलागाईँको आज सुर्खेतस्थित भेरी नदीमा दाहसंस्कार गरिने आफन्त हीरामणि चौलागाईँले बताउनुभयो । आगलागीमा चौलागाईँका ४५ वटा बाख्रा पनि जलेर मरेका थिए ।


    तेस्रो आँखा