• ट्रेण्डिङ्ग :
मस्कोमा भएको आतङ्कवादी हमलाको घटनाप्रति दुःख व्यक्त

मस्कोमा भएको आतङ्कवादी हमलाको घटनाप्रति दुःख व्यक्त


  • 3.2K
    SHARES
    • चैत्र १०, २०८० शनिबार
    • २ बर्षs अघि
    • 4.9K Views

    मस्कोमा भएको आतङ्कवादी हमलाको घटनाप्रति दुःख व्यक्त
    काठमाडौँ, १० चैत/नेपाल सरकारले रुसको राजधानी मस्कोमा  शुक्रबार साङ्गीतिक कार्यक्रममा आतङ्कवादी हमलामा निर्दोष नागरिकले ज्यान गुमाएको तथा घाइते भएको खबरले स्तब्ध भएको जनाएको छ ।
     
    परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्तिमार्फत मृतकका परिवारजनप्रति समवेदना प्रकट गरेको छ । “नेपाल सरकार आफ्नो सैद्धान्तिक अडानअनुसार सबै प्रकारका आतङ्कवादको निन्दा र भत्र्सना गर्दछ, आतङ्कवाद जहाँ र जहिलेसुकै भए पनि त्यसलाई दृढतापूर्वक तथा दृढताका साथ सामना गर्नुपर्ने धारणा राख्छ,” विज्ञप्तिमा उल्लेख छ ।
     
    नेपाल सरकारले मस्कोमा आतङ्कवादी हमलामा घाइते भएका नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उक्त जघन्य कार्यमा संलग्न दोषीलाई चाँडोभन्दा चाँडो कानुनी कठघरामा ल्याउनुपर्ने विज्ञप्तिमार्फत उल्लेख गरेको छ ।


    तेस्रो आँखा