• ट्रेण्डिङ्ग :
दुधकोशीमा बगेर तीन बालबालिका बेपत्ता

दुधकोशीमा बगेर तीन बालबालिका बेपत्ता


  • 4.7K
    SHARES
    • चैत्र ११, २०८० आइतबार
    • २ बर्षs अघि
    • 7.2K Views

    दुधकोशीमा बगेर तीन बालबालिका बेपत्ता

    उदयपुर, ११ चैत । उदयपुरमा होली खेल्ने क्रममा दुधकोशीमा बगेर आज तीन बालबालिका बेपत्ता भएका छन् ।

    images

    त्रियुगा नगरपालिका १४ साउने बजारका अन्दाजी ८ वर्षिय चोलकचन्द्र मगर, ७ वर्षिय रिदम मगर र ११ वर्षिया रेखा मगर बेपत्ता भएको वडाध्यक्ष हिमराज मगरले बताए ।

    बालबालिकाहरुको समुह होली खेल्दै धाप्लाङघाट पुगेका थिए । कोशीमा पौडिन पसेका मध्ये चारपाँच जनाको स्थानीयले उद्धार गरेको र तीनजना भने बेपत्ता भएका हुन् ।
     
    जिल्ला प्रहरी कार्यालय उदयपुरले घटनाको पुष्टि गरेको छ । घटनास्थलतर्फ खोजतलासका लागि प्रहरी खटिएको जनाएको छ । घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको प्रहरी नायव उपरिक्षक हरिनन्दन चौधरीले जनाएका छन् । 

    स्थानीयका अनुसार घटना दिउसो अन्दाजी साढे ३ बजेतिरको हो ।


    तेस्रो आँखा