• ट्रेण्डिङ्ग :
एकीकृत समाजवादीले ईलाम २ को उपनिर्वाचनमा के गर्ला ? 

एकीकृत समाजवादीले ईलाम २ को उपनिर्वाचनमा के गर्ला ? 


  • 4.8K
    SHARES
    • चैत्र १२, २०८० सोमबार
    • २ बर्षs अघि
    • 7.4K Views

    एकीकृत समाजवादीले ईलाम २ को उपनिर्वाचनमा के गर्ला ? 

    काठमाडौँ । इलाम क्षेत्र नम्बर २ बाट उपनिर्वाचनका लागि नेकपा एमालेले पूर्व सभामुख सुवास नेम्बाङका छोरा सुहाङ नेम्वाङलाई उम्मेदवार तय गरिसकेको छ । तर नेकपा (एकीकृत समाजवादी) ले भने अगामी वैशाख १५ मा हुने यो उपनिर्वाचनबारे अहिलेसम्म कुनै निर्णय गरेको छैन । सम्भवतः सोमबारसम्ममा उम्मेदवार उठाउने/नउठाउने निर्णय लिने समाचारहरु सार्वजनिक भएको छ । आइतबार बसेको सचिवालय बैठकले सत्ता गठबन्धन दलहरूसँग छलफल गरेपछि मात्रै उम्मेदवार उठाउने नउठाउने निर्णय गर्ने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिएका छन् ।  

    images

    उता माओवादी केन्द्रले पनि उपनिर्वाचनमा उम्मेदवार उठाउने/नउठाउने भन्ने निर्णय गरिसकेको छैन । सम्भवतः यसअघि एक्लै चुनाव लड्दा नेकपा एमालेले जितेको निर्वाचन क्षेत्र भएको र सत्तागठवन्धनमा सहभागि भएकै कारण एकिकृत समाजवादी एवं माओवाडी केन्द्रले एमालेलाई समर्थन गर्न सक्ने आँकलनहरु पनि गरिएको छ । 



    तेस्रो आँखा