• ट्रेण्डिङ्ग :
ग्रेटर अस्टिन नेपाली सोसाइटीको पाँचौं अधिवेशन २१ अप्रिलमा 

ग्रेटर अस्टिन नेपाली सोसाइटीको पाँचौं अधिवेशन २१ अप्रिलमा 


  • 8.6K
    SHARES
    • चैत्र २०, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 13.2K Views

    ग्रेटर अस्टिन नेपाली सोसाइटीको पाँचौं अधिवेशन २१ अप्रिलमा 

    अस्टिन । अमेरिकाको टेक्सास राज्यमा रहेका अस्टिनमा बसोवास गर्ने नेपालीहरूको प्रिय संगठन ग्रेटर अस्टिन नेपाली सोसाइटीको आगामी २१ अप्रिलका दिन पाँचौं महाधिवेशन हुने भएको छ। पाँचौं महाधिवेशनको लागि सम्पूर्ण तयारीहरू पूरा भएको सोसाईटीका पूर्व अध्यक्ष एवं पाँचौ अधिवेशनको निर्वाचन प्रमुख गेहेन्द्र केसीले जानकारी दिनुभयो । अधिवेशनले आगामी दुई वर्षकालागि नयाँ नेतृत्व चयन गर्नेछ । निर्वाचन प्रमुख केसीका अनुसार सोसाईटीको १५ पन्ध्रवटा पदका लागि कुल २१ जनाको उम्मेदवारी परेको छ । आगामी अप्रिल ७ गतेसम्म उम्मेदवरले नाम फिर्ता लिन सक्ने समय तोकिएको र ८ अप्रिलका दिन अन्तिम नामावली प्रकाशित गरिने प्रमुख केसीले बताउनु भयो । सकेसम्म सर्वसम्मत बनाउने कोशिस भइरहेको निर्वाचन प्रमुख गेहेन्द्र केसीले जानकारी दिनुभयो । 

    images

    उहाँका अनुसार सोसायटीको कार्यसमितिको कार्यकाल दुई वर्षको रहन्छ । सन २०१३ देखि स्थापना भएको यो सोसाइटीले अस्टिनमा रहेका १९ वटा काउण्टीहरुका नेपालीहरुको हित रक्षाका निम्ति कार्य गर्दै आएको छ । विदेशमा रहेर पनि यहाँका नेपालीहरुलाई एक जुट बनाएर आफ्नो देशको कला, शिक्षा, संस्कृति र परम्पराको संरक्षण गर्ने र नेपालमा आवश्यक पर्दा सहयोगी हातहरु बढाउने उद्देश्यले सोसाइटीको स्थापना गरिएको पूर्व अध्यक्ष गेहेन्द्र केसीले जानकारी दिनुभयो ।


    तेस्रो आँखा