• ट्रेण्डिङ्ग :
तनहुँका मकैबारीमा फौजी कीराको समस्या

तनहुँका मकैबारीमा फौजी कीराको समस्या


  • 2.7K
    SHARES
    • चैत्र २२, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 4.2K Views

    तनहुँका मकैबारीमा फौजी कीराको समस्या

    तनहुँ, २२ चैत/जिल्लाको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा मकैमा फौजी कीरा लागेको पीडित किसानले बताएका छन्  । ढापटारका किसानले लगाएको मकैमा फौजी कीराको समस्या भएको हो । 

    images

    फौजी कीराले मकैमा क्षति भएको  स्थानीय किसान लक्ष्मण थापा क्षेत्रीले जानकारी दिनुभयो । फौजी कीराले मकैका पात, गुभोमा क्षति पुगेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यस क्षेत्रको करिब ४५ रोपनी क्षेत्रफलमा फौजी कीराको समस्या देखिएको छ, गाउँपालिकाको सहयोगमा विषादी  प्रयोग पनि भएको छ ।”

    आँबुखैरेनी गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीले प्राविधिकको टोलीले बारीमै पुगेर विषादी छरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हालसम्म गाउँपालिकाको वडा नम्बर २ ढापटारमा समस्या देखियो, जानकारी पाउनेबित्तिकै हामीले कीटनाशक औषधि छरेर  किसानलाई यसबारेमा सचेत पारेका छौँ ।” विषादी प्रयोगबारे जानकार किसानले रोग नियन्त्रण गरिरहेका छन् । रोग नियन्त्रणका लागि जैविक विषादी झोल (निम, खुर्सानी, तितेपानी, लसुन, असुरो) प्रयोग गर्न सकिने केसीले बताउनुभयो । मसिनो माटो, बालुवा, काठको धुलो, खरानी हालेर पनि कीरा नियन्त्रण गर्न सकिने उहाँले जानकारी दिनुभयो  । 


    तेस्रो आँखा