• ट्रेण्डिङ्ग :
गण्डकीका मुख्यमन्त्री अधिकारी र दुई मन्त्रीको सपथ

गण्डकीका मुख्यमन्त्री अधिकारी र दुई मन्त्रीको सपथ


  • 3.8K
    SHARES
    • चैत्र २५, २०८० आइतबार
    • २ बर्षs अघि
    • 5.9K Views

    गण्डकीका मुख्यमन्त्री अधिकारी र दुई मन्त्रीको सपथ
    गण्डकी, २५ चैत/ गण्डकी प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारी, बिनाविभागीय मन्त्रीद्वय हरिबहादुर चुमान र राजीव गुरूङले पद तथा गोपनीयताको सपथ लिनुभएको छ । 
     
    आज प्रदेश प्रमुखको निवासमा आयोजित सपथ ग्रहण समारोहमा प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्री र मन्त्रीहरुलाई सपथ खुवाउनुभएको हो । बिनाविभागीय मन्त्रीका रुपमा नियुक्त चुमान नेकपा (माओवादी केन्द्र)का प्रदेशसभा सदस्य हुनुहुन्छ भने गुरूङ स्वतन्त्र रूपमा निर्वाचित सदस्य हुनुहुन्छ ।
     
    प्रदेश प्रमुख भट्टले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नेकपा (एमाले) संसदीय दलका नेता पाण्डेलाई आइतबार नै मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो । एमालेका २२, माओवादी केन्द्रका आठ र एक स्वतन्त्र प्रदेशसभा सदस्यको समर्थनमा अधिकारी मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो ।


    तेस्रो आँखा