• ट्रेण्डिङ्ग :
किरा टिप्न गएका दुई जना नेपाली बेपत्ता

किरा टिप्न गएका दुई जना नेपाली बेपत्ता


  • 16.7K
    SHARES
    • चैत्र २५, २०८० आइतबार
    • २ बर्षs अघि
    • 25.6K Views

    किरा टिप्न गएका दुई जना नेपाली बेपत्ता

    दीपक भण्डारी,पोर्चुगल २५ चैत/ पोर्चुगलको मन्तिजो स्थित समुन्द्रमा किरा (घोंघी) टिप्न गएका दुई जना नेपाली बेपत्ता भएका छ्न। धादिङ्गको नेत्रावती गाउँपालिका पाँच कटुन्जे का नाताले काका भतिज पर्ने बेपत्ता भएका हुन ।

    images

    बेपता हुनेमा ३८ बर्षिया टेकबहादुर तामाङ्ग र काका पर्ने ३० बर्षिया धन बहादुर तामाङ्ग भएको प्रत्यक्षदर्शी साथिहरुलाई उदृत गर्दै त्यहाबाट पत्रकार नवराज दुवाडीले बताएका छन ।

    बेपत्ता मध्य काका पर्ने धन बहादुरको शव मृत अबस्थामा पानी मुनि फेला परेको छ भने टेक बहादुरको खोजिकार्य भैरहेको गैर आवासिय नेपाली संघ पोर्चुगलका वरिष्ठ उपाध्यक्ष तथा विपद ब्यवस्थापन समितिका संयोजक दीपा काफ्लेले बताइन ।


    तेस्रो आँखा