• ट्रेण्डिङ्ग :
कोशी प्रदेश सरकारका तीन मन्त्रीद्वारा राजीनामा

कोशी प्रदेश सरकारका तीन मन्त्रीद्वारा राजीनामा


  • 5.0K
    SHARES
    • चैत्र २६, २०८० सोमबार
    • २ बर्षs अघि
    • 7.7K Views

    कोशी प्रदेश सरकारका तीन मन्त्रीद्वारा राजीनामा
    विराटनगर, २६ चैत/ कोशी प्रदेश सरकारका तीन जना मन्त्रीले आज सामूहिक राजीनामा दिनुभएको छ । 
     
    खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री नारायणबहादुर मगर, सामाजिक विकासमन्त्री राजेन्द्र कार्की र पर्यटन, वन तथा वातावरणमन्त्री गणेशप्रसाद उप्रेतीले पदबाट राजीनामा दिनुभएको मुख्यमन्त्रीका सञ्चार सल्लाहकार देवनारायण साहले जानकारी दिनुभयो ।
     
    यसैगरी कोशी प्रदेश सरकारले कोशी प्रदेससभाको पाँचौं अधिवेशन आगामी जेठ ११ गते बिहान ११ बजे बस्ने निर्णय गरेको छ ।


    तेस्रो आँखा