• ट्रेण्डिङ्ग :
नहर भत्केपछि जुम्लामा विद्युत् आपूर्ति बन्द

नहर भत्केपछि जुम्लामा विद्युत् आपूर्ति बन्द


  • 2.3K
    SHARES
    • चैत्र २७, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 3.6K Views

    नहर भत्केपछि जुम्लामा विद्युत् आपूर्ति बन्द

    जुम्ला, २७ चैत । जिल्लाकोे डिल्लीचौर जलविद्युत् आयोजना अवरुद्ध हुँदा स्थानीयवासी अन्धकारमा बस्न बाध्य भएका छन् । विद्युत् उत्पादनका निम्ति जल प्रवाह हुने नहर पहिरोले भत्काएपछि बिजुली आपूर्ति बन्द भएको हो । 

    images

    पच्चीस मिटर नहर पहिरोले भत्काएको छ । विद्युत् सहकारीका अध्यक्ष कृष्णबहादुर बुढाले भन्नुभयो, “गत असारमा पहिरो गएपछि नहर चर्किएको थियो । त्यतिबेलादेखि नै नहर मर्मतको पहल भएको हो ।” समयमै मर्मत नभएपछि यहीँ २४ चैतदेखि पूर्ण रूपमा विद्युत् सेवा अवरुद्ध भएको उहाँले जानकारी दिनुुभयो ।

    भत्केको नहर मर्मत गर्न रु छ लाख बजेट आवश्यक पर्ने प्राविधिकले बताएका अध्यक्ष बुढाले जानकारी दिनुभयो । विद्युत् अवरुद्ध हुँदा पालिकाका–४, ५ र ६ वडाका करिब आठ सय घर विद्युत् सेवाबाट वञ्चित भएका छन्भने गाउँपालिका, वडासहित अन्य सरकारी निकाय, बैंक तथा वित्तीय संस्थालाई समस्या भएको छ ।

    डिल्लीचौर विद्युत् आयोजनाको नहर मर्मत गर्न पालिकाबाट रु तीन लाख बजेट विनियोजन भएको छ । तत्काल नहर मर्मत गरेर विद्युत् आपूर्तिको पहल थालिएको पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहराले बताउनुभयो ।


    तेस्रो आँखा