• ट्रेण्डिङ्ग :
कोशी प्रदेश प्रमुख खापुङसमक्ष मधेसी आयोगको प्रतिवेदन पेस

कोशी प्रदेश प्रमुख खापुङसमक्ष मधेसी आयोगको प्रतिवेदन पेस


  • 3.0K
    SHARES
    • चैत्र २७, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 4.6K Views

    कोशी प्रदेश प्रमुख खापुङसमक्ष मधेसी आयोगको प्रतिवेदन पेस
    मोरङ, २७ चैत/मधेसी आयोगले कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङसमक्ष आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पेस गरेको छ । नेपालको संविधानको धारा २९४ एवं मधेसी आयोग ऐन, २०७४ को दफा २२ बमोजिम आयोगकी सदस्य रेनुदेवी साहले आयोगको पाँचाँै वार्षिक प्रतिवेदन आज पेस गर्नुभयो ।
     
    प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख खापुङले आयोगले पहिचान गरेका समस्या सबैको भएकाले भएकाले यसको समाधान गर्नु हामी सबैको जिम्मेवारी रहेको बताउनुभयो ।
     
    प्रमुख खापुङले हरेक समुदायको समस्या समाधान गरी मुलुकलाई एकताबद्ध बनाउनु लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालको संविधानको आधार समानुपातिक, समावेशी र समानता भएकाले त्यसभित्र रहेर देशका सम्पूर्ण जातजातिबीच एकतालाई बलियो बनाउनु आवश्यक्ता औँल्याउनुभयो ।
     
    प्रतिवेदन पेस गर्दै आयोगकी सदस्य साहले १६ जिल्लाका मधेसीको हकहित, धर्म, संस्कृति र न्यायको लागि आयोगले काम गरिरहेको बताउँदै आयोगमा परेका चार सय उजुरीमध्ये दाइजोसम्बन्धी धेरै रहेको जानकारी दिनुभयो ।


    तेस्रो आँखा