काठमाडौं, २९ चैत/ पोखरामा बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । काठमाडौंबाट म्याग्दीको दरबाङका लागि छुटेको ग २ ख १६३० नम्बरको बस पोखरा महानगरपालिका–२५ सुइखेतमा दुर्घटना भएको हो ।
बिहीबार बिहान ३ बजेको समयमा बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। बस सडक डिभाइडरमा ठोक्किएको हो। ३१ जना सवार बसमा प्रहरीले उद्धार गरी ८ जना घाइतेलाई उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरामा पठाएको छ ।
