काठमाडौं, १४ माघ । कोभिड संकट व्यवस्थापन समन्वय केन्द्रले काठमाडौंमा ट्याक्सी बाहेकका अन्य सवारी साधनमा जोरबिजोर प्रणाली हटाउन सरकारलाई सिफारीस गरेको छ।
आज बसेको सिसिएमसीको बैठकले काठमाडौंका ट्याक्सी बाहेकका अन्य सवारी साधनमा लगाइएको जोरबिजोर प्रणाली हटाउन मन्त्री परिषदलाई सिफारीस गरेको हो।
काठमाडौंमा सवारी साधनमा जोरबिजोर प्रणाली लागु भएपछि सार्वजनिक सवारी साधनमा यात्रुहरुको चाप झनै बढेको थियो। सवारी साधनमा यात्रुहरुको चाप बढेपछि कोरोना संक्रमणको जोखिम झनै बढेको भन्दै सरकारको आलोचना भएको थियो।
