• ट्रेण्डिङ्ग :
विद्यार्थी कम भएका सामुदायिक विद्यालय समायोजन

विद्यार्थी कम भएका सामुदायिक विद्यालय समायोजन


  • 4.6K
    SHARES
    • बैशाख ४, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 7.1K Views

    विद्यार्थी कम भएका सामुदायिक विद्यालय समायोजन

    रुकुम, ४ वैशाख/ रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले १६ वटा सामुदायिक विद्यालयलाई समायोजन गरेको छ । गाउँ कार्यपालिकाको बैठकले विद्यार्थी सङ्ख्या न्यून भएका १६ वटा विद्यालय समायोजन, कक्षा घटुवा, तह घटुवा तथा शाखा बिस्तार निर्णय गरेको हो । 

    images

    सोही निर्णयअनुसार विद्यालय समायोजन यसै शैक्षिक सत्रदेखि लागू भएको सानीभेरी गाउँ कार्यपालिकाका प्रवक्ता पहलसिंह घर्तीले जानकारी दिनुभयो । 

    उहाँका अनुसार कार्यपालिकाको बैठकले १५ वटा विद्यालयको तह घटुवा तथा कक्षा घटुवा गर्ने निर्णय गर्दा उक वटा विद्यालयको शाखा विस्तार गर्ने निर्णय गरेको थियो । सोहीअनुसार बालकल्याण आधारभूत विद्यालय पोखेरोल, कालिका आधारभूत विद्यालयमा शाखा विस्तार भएको छ । 

    त्यस्तै शीतल माध्यामिक विद्यालय फक्रैया, बालज्योति माध्यामिक विद्यालय गिठाकोट, सूर्योदय माध्यामिक विद्यालय बेल्टापु र जनज्योति माध्यामिक विद्यालय मेलचौरमा कक्षा ११ र १२ बाट कक्षा १० मा भारिएको छ । 

    अन्य चारवटा माध्यामिक विद्यालयलाई तह घटुवा गर्दै आधारभूत तहमा झारिएको छ । ती विद्यालयमा भेरी दोभान माध्यामिक विद्यालय चाइनाबगर, जनप्रिय मावि हासिवाङ, सरस्वती मावि चिन्तु, र शिव मावि काफलबोट छन् । 

    भेरी दोभानमा माविमा कक्षा १२ सम्म र अन्य तीन वटा विद्यालयमा १० कक्षा सम्म पढाइ सञ्चालन हुने गरेको थियो । अब भने कक्षा ८ सम्म मात्र पढाइ सञ्चालन हुने गाउँपालिका प्रवक्ता घर्तीले जानकारी दिनुभयो । त्यस्तै तीन वटा आधारभूत विद्यालयलाई प्रारम्भिक बाल विकास केन्द्रमा र कक्षा १ देखि पाँचसम्म पढाइ सञ्चालन भएका चार वटा आधारभूत विद्यालयलाई कक्षा ३ सम्म सञ्चालन गर्ने गरी कक्षा घटाएको छ । 

    पालिकाभर ४५ वटा सामुदायिक विद्यालय छन् । त्यसमा १६ वटा विद्यालयलाई समायोजन, कक्षा घटुवा, तह घटुवा तथा शाखा बिस्तार गरिएको शिक्षा, युवा तथा खेलकुद शाखा भूपासिंह विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यार्थी सङ्ख्या, भौतिक पूर्वाधार, शिक्षकको दरबन्दी, विद्यालय–विद्यालयबीचको दुरीलगायतका आधारमा विद्यालय समायोजन तथा तह मिलान गरिएको जनाइएको छ । 


    तेस्रो आँखा