• ट्रेण्डिङ्ग :
कोशी प्रदेशसभाको विशेष अधिवेशन

कोशी प्रदेशसभाको विशेष अधिवेशन


  • 2.9K
    SHARES
    • बैशाख ६, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 4.5K Views

    कोशी प्रदेशसभाको विशेष अधिवेशन

    विराटनगर, ६ वैशाख । कोशी प्रदेशको आज दिउँसो १ बजे विशेष अधिवेशन सुरु हुने भएको छ । कोशी प्रदेशसभा सदस्यको सङ्ख्याको एक चौथाइभन्दा बढी सदस्यले गत चैत २६ गते लिखित अनुरोधसहित अधिवेशनको माग गर्नुभएको थियो ।

    images

    प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभा सदस्यहरूको मागअनुसार नेपालको संविधानको धारा १८३ को उपधारा (३) बमोजिम आज दिउँसो १ बजे प्रदेशसभा हल विराटनगरमा सो अधिवेशन आह्वान गर्नुभएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

    गत चैत २६ गते मुख्यमन्त्री केदार कार्कीले मन्त्रिपरिषद् बैठकबाट निर्णय गराई आगामी जेठ ११ गते छैटौँ अधिवेशनको माग गर्नुभएको थियो ।


    तेस्रो आँखा