• ट्रेण्डिङ्ग :
प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट

प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट


  • 3.8K
    SHARES
    • बैशाख ७, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 5.9K Views

    प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट

    काठमाडौँ, ७ वैशाख/ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट गरेको छ ।

    images

    आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा जोशीका बुबाआमासहित परिवारका सदस्यले भेट गरेका हुन् । भेटमा जोशीको परिवारले विपिनको रिहाइका लागि थप प्रयासका लागि प्रधानमन्त्रीसँग अनुरोध गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

    प्रधानमन्त्री दाहालले आफू विपिनको रिहाइका लागि चिन्तित रहेको र त्यस निम्ति निरन्तर पहल गरिरहेको बताउँदै चाँडै सकारात्मक परिणाम आउनेमा आफू आशावादी रहेको उल्लेख गर्नुभयो ।


    तेस्रो आँखा