काठमाडाैं, १८ माघ । सरकारले बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्री परिषद बैठकले सोनाम ल्होसारका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
मन्त्रीपरिषद बैठकले गरेको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चार तथा सुचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्किले बुधबार देशैभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए।
