दाङ,कात्तिक २१ ।
सल्यानमा भएको बस दुर्घटनामा परि मृत्यु भएका १२ जना मध्य ८ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार दुर्घटनामा परि सल्यान शारदा नगरपालिका १२ कि ५३ बर्षिया प्रभा चलाउने, शारदा नगरपालिका २ कि ६१ बर्षिया मिना डाँगी,शारदा नगरपालिका वडा नम्बर ३ कि ६६ बर्षिया लिला बुढाथोकी, सल्यान त्रिवेणी गाउँपालिका ४ काभ्राकि २४ बर्षिया मिना शाही, दाङ बबई गाउँपालिका वडा नम्बर ४ का डुरी रेउले,बबई गाउँपालिका वडा नम्बर ६ पञ्चकुलेकी ७० बर्षिया कलावती बुढाथोकी , घोराही उपमहानगरपालिकाकि ६५ बर्षिया ईन्दिरा अधिकारी र सल्यान छत्रेश्वरी गाउँपालिकाका २९ बर्षिया तिलक ओलीको मृत्यु भएको हो । मृतक अन्य ४ जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
सल्यान खलंगाबाट दाङ तुलसीपुर तर्फ आउँदै गरेको रा १ ख २५५२ नम्बरको बस दुर्घटना भएको हो ।
बस सल्यानको कपुरकोट ५ थारखोला भन्ने स्थानमा दुर्घटनामा परेको सल्यानका प्रहरी प्रमुख डिएसपी थापाले जानकारी दिए । ३० जना बसमा सवार रहेको र अन्य सबै घाईते भएको पनि उनले जनाए । घाईते मध्य केहिको सल्यानमै उपचार भैरहेको छ भने केहिलाई जिल्ला बाहिर रेफर गरिएको छ । उक्त बसमा तिहार मानेर फर्कँदै गरेकाहरु थिए ।
