• ट्रेण्डिङ्ग :
बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते


  • 3.3K
    SHARES
    • बैशाख १५, २०८१ शनिबार
    • २ बर्षs अघि
    • 5.1K Views

    बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

    कास्की, १५ वैशाखः बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा महानगरपालिका–२५ हेमजाको भोटे क्याम्पमा दुर्घटना भएको छ । ग१ख ९२९७ नम्बरको बस मध्यपहाडी राजमार्गमा सडकमा अनियन्त्रित भई दुर्घटना हुँदा १९ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्त शर्माले जानकारी दिनुभयो । बसमा ३६ जना यात्रु सवार रहेको प्रहरीको भनाइ छ । 

    images

    घाइतेलाई पोखराका विभिन्न अस्पतालमा उपचारका लागि लगिएको र दुर्घटनाको थप विवरण आउन बाँकी रहेको शर्माले जानकारी दिनुभयो । “घाइतेलाई उद्धार गरी पोखराका विभिन्न अस्पतालमा पुर्याइएको छ । चालकलाई प्रहरीको नियन्त्रणमा लिएका छौँ, थप विवरण आउन बाँकी छ”, शर्माले भन्नुभयो ।

    तनहुँबाट रिजर्भका लागि बागलुङ गएको बस पोखरा हुँदै तनहुँ फर्किने क्रममा साँझ ७ः३० बजेतिर दुर्घटनामा परेको थियो । 


    तेस्रो आँखा