• ट्रेण्डिङ्ग :
वनमा डढेलो लगाउनेलाई कडाकार्वाही गर्ने कानुन आवश्यकः मुख्यमन्त्री अधिकारी

वनमा डढेलो लगाउनेलाई कडाकार्वाही गर्ने कानुन आवश्यकः मुख्यमन्त्री अधिकारी


  • 4.9K
    SHARES
    • बैशाख १५, २०८१ शनिबार
    • २ बर्षs अघि
    • 7.5K Views

    वनमा डढेलो लगाउनेलाई कडाकार्वाही गर्ने कानुन आवश्यकः मुख्यमन्त्री अधिकारी

    गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल गण्डकी प्रदेशद्वारा शनिबार पोखरामा आयोजित 'नीति निर्माणकर्तासँग वन नीति' विषयक अन्तरक्रिया कार्यक्रममा मन्तव्य व्यक्त गर्दै । 

    images

    गण्डकी, १५ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले डढेलो लगाउनेलाई कडाकारवाही गर्ने खालको ऐन आवश्यक रहेको बताउनुभएको छ ।

    सामुदायिक वन उपभोक्ता महासंघ नेपाल गण्डकी प्रदेशले शनिबार पोखरामा आयोजना गरेको ‘नीति निर्माणकर्ताहरूसँग वन नीतिमा छलफल’ कार्यक्रममा मुख्ममन्त्री अधिकारीले त्यस्तो बताउनुभएको हो । 

    ‘वनमा जानीनजानी डढेलो लगाउँदा बहुमूल्य काठ तथा जङ्गली जनावर तथा चराचुरुङ्गी संकटमा पर्नुका साथै पारिस्थिक प्रणालीमै गम्भीर असर गर्ने गरेको छ । त्यसैले यस्ता कार्यमा सङ्लग्नलाई कडाकारवाही गर्ने कानुन आवश्यक छ”, उहाँले भन्नुभयो । त्यसैगरी उहाँले सामुदायिक वन उपभोक्ता महासंघले पनि डढेलो नियन्त्रण गर्न विशेष कार्ययोजना बनाउदै समुदायलाई परिचालन गर्नुपर्नेमा जोड दिनुभयो । 

    वागमती प्रदेशसभा सदस्य एवम् सामुदायिक वन उपभोक्ता महासंघ नेपालका पूर्वअध्यक्ष भारती पाठकले वनलाई समृद्धिको आधार बनाउने खालका नीति नियमको खाँचो आँैल्याउनुभयो । उहाँले उपभोक्ताले संरक्षणमा गरेको योगदानको उच्च कदर गर्दै वन पैदावारमा लगाइएको तेहेरो करको अन्त्य हुनुपर्ने बताउनुभयो । 

    सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल गण्डकी प्रदेशका अध्यक्ष कालिदास सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष विर्ख शाही, महासचिव पार्वती गौतम, प्रदेशका उपाध्यक्ष किशोर सापकोटा, महासचिव आशु विकलगायतले वनको महत्व र डढेलो असरबारे प्रकाश पार्नुभएको थियो ।


    तेस्रो आँखा