• ट्रेण्डिङ्ग :
सुनको मूल्य तोलामा ३०० रुपैयाँ बढ्यो

सुनको मूल्य तोलामा ३०० रुपैयाँ बढ्यो


  • 8.7K
    SHARES
    • माघ १९, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 13.4K Views

    सुनको मूल्य तोलामा ३०० रुपैयाँ बढ्यो

    काठमाडौं, १९ माघ । सुनको भाउ बुधबार प्रतितोला ३०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बुधबार छापावाल सुनको भाउ तोलाको ९२ हजार २०० रुपैयाँ कायम भएको छ।

    images

    मंगलबार भने छापावाल सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। यसैगरी, बुधबार तेजावी सुनको भाउ तोलाको ९१ हजार ७०० रुपैयाँ निर्धारण भएको छ। 

    चाँदीको मूल्य पनि बढेको देखिन्छ। मंगलबार एक हजार २४० रुपैयाँमा  कारोबार भएको चाँदी बुधबार १५ रुपैयाँको दरले बढेर प्रतिलोलाको  एक हजार २५५ रुपैयाँ  निर्धारण भएको छ। 

  • सम्बन्धित विषय:

  • # सुनचाँदी

  • तेस्रो आँखा