• ट्रेण्डिङ्ग :
गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने

गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने


  • 2.5K
    SHARES
    • बैशाख २१, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 3.8K Views

    गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने

    गण्डकी, २१ वैशाख/ गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही वैशाख २३ गते गण्डकी प्रदेशसभामा विश्वासको मत लिनुहुने भएको छ ।

    images

    गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टबाट गत चैत २५ गते नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त हुनुभएका मुख्यमन्त्री  अधिकारीले नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम प्रदेशसभामा वैशाख २३ गते विश्वासको मत लिनुहुने भएको हो ।

    मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते दिनको ३ बजे प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने सूचना आजै गण्डकी प्रदेशसभाको सचिवालयमा दर्ता गराउनुभएको प्रदेशसभा सचिव हरिराज पोख्रेलले जानकारी दिनुभयो । 


    तेस्रो आँखा