• ट्रेण्डिङ्ग :
वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः पर्यटनमन्त्री तामाङ

वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः पर्यटनमन्त्री तामाङ


  • 2.9K
    SHARES
    • बैशाख २१, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 4.4K Views

    वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः पर्यटनमन्त्री तामाङ

    काठमाडौँ, २१ वैशाख: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले राष्ट्रिय ध्वजावाहक वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबैले एकतावद्ध भएर लाग्नुपर्ने बताउनुभएको छ ।

    images

     निगमले सञ्चालन गरेको उडान सुरक्षासम्बन्धी दुईदिने तालिमको आज समापन गर्दै मन्त्री तामाङले निगमको चुनौती र समस्यालाई समाधन गर्न मन्त्रालयले आवश्यक तयारी गरिरहेको बताउनुभयो । 

    पर्यटनमन्त्री तामाङले निगमको व्यावसायिक विकासका लागि सबै कर्मचारी एकतावद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभयो । नगमले गर्दैआइरहेको ग्राउन्ड ह्यान्डलिङ सेवालाई निरन्तरता दिने बताउँदै उहाँले निगमले पनि आफ्नो कार्यक्षमता र गुणस्तरवृद्धि हुने गरी काम गर्न ध्यानाकर्षण गराउनुभयो ।

     निगमको कार्य र भावी योजनाबारे जानकारी गराउँदै निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले मन्त्रालयसँगको प्रभावकारी समन्वय र सहयोगमा निगमको सेवालाई प्रभावकारी बनाइने प्रतिवद्धता व्यक्त गर्नुभयो ।   

    तालिममा निगमका पदाधिकारीसहित विभागीय प्रमुखहरुको सहभागिता रहेको थियो ।


    तेस्रो आँखा