काठमाडौं। गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले २३ गते (भोली) आइतबार विश्वासको मत लिने भएका छन्।
मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते दिनको ३ बजे प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने सूचना शुक्रबार नै गण्डकी प्रदेशसभाको सचिवालयमा दर्ता गराएको प्रदेशसभा सचिव हरिराज पोख्रेलले जानकारी दिए।
गत चैत २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका अधिकारीले वैशाख २४ गतेअगाडि नै विश्वासको मत लिनुपर्ने स्थिति छ। संविधानको धारा १६८ (४) अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ।
