पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिँदैछन्। आज दिउँसो ३ बजेकालागि बोलाइएको प्रदेश सभा बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने कार्यक्रम रहेको छ। गठबन्धनका दलहरू नेकपा एमाले र नेकपा माओवादी केन्द्रबाट मात्रै सरकार गठनका लागि बहुमत पुग्ने देखिँदैन।
अधिकारीले राप्रपालाई समेत सरकारमा ल्याउने तयारी गरेका छन । तर उता राप्रपाले भने विश्वासको मत नदिने जनाएको छ।
गत चैत २५ गते मुख्यमन्त्री नियुक्त भएका अधिकारीले संवैधानिक व्यवस्थाअनुसार २४ गतेसम्म विश्वासको मत लिनैपर्ने छ।
