विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश प्रमुख परशुराम खापुङप्रति असन्तुष्ट व्यक्त गरेका छन्। एउटा सरकार हुँदाहुँदै अर्को सरकारको प्रक्रियामा लागेको भन्दै मुख्यमन्त्री कार्की कोशी प्रदेशका प्रदेशप्रमुख खापुङसँग असन्तुष्ट भएका हुन्।
उनले भनेका छन् प्रदेश प्रमुखको यो कार्य असंवैधानिक र अप्रजातान्त्रिक छ । मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुखको निर्णय विरुद्ध सर्वोच्च अदालत जाने बताएका छन्। कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले नेकपा एमाले र माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको ३० दिनपछि नयाँ सरकारको गठन गर्न आह्वान गरेका थिए।
