• ट्रेण्डिङ्ग :
कोशी प्रदेश सरकारको मुख्यमन्त्रीमा कार्की नियुक्त

कोशी प्रदेश सरकारको मुख्यमन्त्रीमा कार्की नियुक्त


  • 3.4K
    SHARES
    • बैशाख २७, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 5.2K Views

    कोशी प्रदेश सरकारको मुख्यमन्त्रीमा कार्की नियुक्त

    विराटनगर, २७ वैशाख । कोशी प्रदेश सरकारको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त हुनुभएको छ । कार्की नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री पदमा नियुक्त हुनु भएको हो । 

    images

    उहाँ झापा निर्वाचन क्षेत्र ५ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचिन हुनुभएको हो । उहाँ नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का ५२ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो । हस्ताक्षरको समयमा जनता समाजवादी पार्टीका निर्मला लिम्बुको पनि उपस्थिति थियो । 

    नवनियुक्त मुख्यमन्त्री कार्कीले आजै सपथ लिनु हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । 


    तेस्रो आँखा