• ट्रेण्डिङ्ग :
इरानको कब्जामा रहेका पाँच भारतीय नागरिक रिहा

इरानको कब्जामा रहेका पाँच भारतीय नागरिक रिहा


  • 3.1K
    SHARES
    • बैशाख २८, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 4.8K Views

    इरानको कब्जामा रहेका पाँच भारतीय नागरिक रिहा

    तेहरान २८ वैशाख/ इरानले कब्जामा लिएको एमएससी एरीज जहाजमा रहेका पाँच भारतीय नागरिकलाई रिहा गरेको छ । भारतीय नागरिकलाई शुक्रबार साँझ इरानबाट भारत पठाइनेछ । इरानस्थित भारतीय दूतावासले सामाजिक सञ्जाल एक्समा यो जानकारी दिएको हो ।
    इरानको नौसेनाले १३ अप्रिलमा भारत आउँदै गरेको मालबाहक जहाज एमएससी एरीज कब्जा गरेको थियो । जहाजमा २५ जना चालक दलका सदस्य थिए । यसमा १७ भारतीय नागरिक रहेका थिए ।

    images

    इजरायलसँग जारी तनावबिच इरानले यो कदम चालेको हो । यो जहाजका मालिक इजरायली व्यापारी हुन् । जहाजको चालक दलमा एक मात्र महिला क्याडेट एन टेसा जोसेफ पनि थिइन् । उनलाई भने जहाज नियन्त्रणमा लिएको केही दिनपछि नै रिहा गरिएको थियो ।


    तेस्रो आँखा