• ट्रेण्डिङ्ग :
बिरालो भन्दा पनि अशुभ मानिन्छन् यी जनावरले बाटो काट्नुको संकेत, तपाई पनि जान्नुहोस्

बिरालो भन्दा पनि अशुभ मानिन्छन् यी जनावरले बाटो काट्नुको संकेत, तपाई पनि जान्नुहोस्


  • 8.1K
    SHARES
    • बैशाख ३१, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 12.5K Views

    बिरालो भन्दा पनि अशुभ मानिन्छन् यी जनावरले बाटो काट्नुको संकेत, तपाई पनि जान्नुहोस्

    बिरालोले आफ्नो बाटो काट्नुलाई धेरैले अशुभ मान्छन्। नारदपुराणका अनुसार घरमा बिरालोको बारम्बार प्रवेश गर्नु अशुभ मानिन्छ । तर, शकुनशास्त्रका अनुसार बिरालोले बाटो काट्नु सधैं अशुभ हुँदैन । बिरालोले बायाँबाट दायाँतर्फ बाटो काट्दा शुभ मानिन्छ । शकुनशास्त्रका अनुसार कतिपय अवस्थामा कुनै विशेष पशु वा चराको बाटो काट्नु पनि अशुभ मानिन्छ । यो ठूलो समस्याको संकेत हुन सक्छ। आउनुहोस् जानौं केही यस्ता जनावरहरूको बारेमा जसको बाटो काट्दा बिरालोको भन्दा अशुभ हुन्छ ।

    images

     

    न्याउरीमुसा

    शकुनशास्त्र अनुसार नजिकबाट न्याउरीमुसा आएर बाटो काट्यो भने केही समय पर्खनुपर्छ । यदि यस्तो भयो भने बुझ्नुहोस्, विरोधीहरूले तपाईंको काममा बाधा पुऱ्याईरहेका छन्। शकुनशास्त्रका अनुसार गाईको बथानले बाटो रोक्यो भने केही समय पर्खिनुपर्छ भन्ने मान्यता छ । यसले आगामी संकटबाट जोगाउने विश्वास गरिन्छ । यसका साथै गाईले नाके स्वरमा आवाज निकाल्यो भने बुझ्नुहोस् तपाईको यात्रा शुभ रहने छैन ।

     

    हिलोले ढाकिएको कुकुर

    घरबाट बाहिर निस्कने क्रममा हिलोले ढाकिएको कुकुर देखेमा अशुभ मानिन्छ । भविष्यमा यसको नराम्रो परिणाम भोग्नुपर्ने हुनसक्छ भनिएको छ । अर्कोतर्फ कुकुरले बेसार लागेको मासुको टुक्रा मुखमा च्यापेको देखियो भने त्यो शुभ मानिन्छ ।

     

     


    तेस्रो आँखा