• ट्रेण्डिङ्ग :
कोशी प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत

कोशी प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत


  • 2.5K
    SHARES
    • बैशाख ३१, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 3.8K Views

    कोशी प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत

    विराटनगर, ३१ वैशाख । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशसभाबाट आज विश्वासको मत लिनुभएको छ । 

    images

    आज बसेको प्रदेशसभा बैठकमा कार्कीले ५७ मत प्राप्त गर्नुभयो । उहाँको विपक्षमा भने शून्य मत परेको थियो । प्रदेशसभामामा पाँच सदस्य रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी भने तटस्थ बसेको थियो । 

    आजको बैठक प्रतिपक्षी दल नेपाली कांग्रेसले बहिष्कार गरेको थियो । कूल ९३ सदस्यीय प्रदेशसभामा आज ६२ सांसद उपस्थित हुनुहुन्थ्यो । 

    कार्की तेस्रो पटक प्रदेश सरकारमा मुख्यमन्त्री बन्नुभएको हो । यसअघि विश्वासको प्रस्तावमाथि भएको छलफलमा नेकपा (एमाले)का प्रमुख सचेतक रेवतीरमण भण्डारी, नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र नेकपा (एकीकृत समाजवादी)का कमलप्रसाद जवेगुले विश्वासको प्रस्तावको पक्षमा मन्तव्य राख्नुभएको थियो । यसैगरी राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले आफ्नो दल प्रतिपक्षमा बस्ने र मतदानमा तटस्थ बस्ने जनाउनुभएको थियो ।


    तेस्रो आँखा