• ट्रेण्डिङ्ग :
प्रतिकूल मौसमले सगरमाथा आरोहण प्रभावित

प्रतिकूल मौसमले सगरमाथा आरोहण प्रभावित


  • 2.8K
    SHARES
    • जेठ २, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 4.3K Views

    प्रतिकूल मौसमले सगरमाथा आरोहण प्रभावित

    काठमाडौँ, २ जेठ/प्रतिकूल मौसमका कारण दुई दिनदेखि सगरमाथा आरोहण अवरुद्ध भएको छ । पर्यटन विभागका निर्देशक राकेश गुरुङका अनुसार सगरमाथाको चौथो शिविरभन्दा माथितिरको प्रतिकूल मौसमको कारण हिजो मङ्गलबार र आज कुनै पनि टोलीको आरोहण नभएको सगरमाथा आधार शिविरमा रहेको विभागको फिल्ड कार्यालयले जानकारी गराएको छ ।
         
    सगरमाथा आरोहणका क्रममा हराइरहेका दुई जना मङ्गोलियन आरोहीको खोज तथा उद्धारका लागि ‘एटके एक्सपिडिसन’ प्रालिमार्फत दुई शेर्पा खटाइए पनि मौसमी प्रतिकूलताका कारण चौथो शिविरमै रोकिएको र उद्धारका लागि थप दुई जना शेर्पा हाल तेस्रो शिविर पुगेको जनाइएको छ । 

    images

    पर्यटन विभागको पर्वतारोहण शाखाका अनुसार वसन्त ऋतुको जारी आरोहणमा गत वैशाख ३१ गते बिहान ८ः४५ बजे सगरमाथाको चुचुरोतर्फ लागेका मङ्गोलिन नागरिक ५३ वर्षीय युखजर्गल सिडेनडम्बा र ३१ वर्षीय प्योरभिस्रन खाग्बाजाभ सम्पर्कविहीन भएको विभागले जनाएको छ ।
         
    गत वैशाख २८ गतेदेखि सुरु भएको वसन्त ऋतुको जारी आरोहणमा हालसम्म ७० भन्दा बढी आरोहीले सगरमाथा आरोहण गरिसकेका छन् । कामीरिता शेर्पाले वैशाख २९औँ पटक सगरमाथा आरोहण गरेर यसअघि धेरै पटक सगरमाथाको सफल आरोहण गर्ने आफ्नै नाममा रहेको कीर्तिमान तोड्नुभएको छ ।  

    विभागको पर्वतारोहण शाखाका अनुसार यस याममा सगरमाथा आरोहण गर्न ४१ आरोही समूहका ७५ महिला र तीनसय ३९ पुरुषसहित चार सय १४ जनाले अनुमति लिएका छन् ।


    तेस्रो आँखा