• ट्रेण्डिङ्ग :
कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा अधिकारी

कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा अधिकारी


  • 2.4K
    SHARES
    • जेठ ७, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 3.7K Views

    कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा अधिकारी

    विराटनगर, ७ जेठ/ कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा डा राजेन्द्र अधिकारी नियुक्त हुनुभएको छ । कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को आजको बैठकले झापा विर्तामोड निवासी डा. अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले जानकारी दिनुभयो ।

    images

    उहाँका अनुसार बैठकले मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने, कोशी प्रदेशसभा सदस्य भक्तिप्रसाद सिटौलालाई क्यानडा जान कूटनीतिक राहदानीका लागि प्रधानमन्त्री कार्यालयमा सिफारिस पठाउने निर्णय गरेको छ । 

    साथै वित्तीय हस्तान्तरणको सम्बन्धमा सोलुखुम्बुको दूधकुण्ड नगरपालिका सोलु, खाँदबारी नगरपालिका सङ्खुवासभा र ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा आप्रवासन केन्द्र स्थापना तथा सञ्चालनका लागि रु पाँच लाख दुई हजारका दरले रकम पठाउने निर्णय पनि आजको बैठकमा भएको उहाँले जानकारी दिनुभयो ।


    तेस्रो आँखा