सल्यान १० जेठ/सल्यानको कुपिण्डेतालमा डुबेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यानको शारदा नगरपालिका वडा नं। ९ आरा मेल्टाकुरा बस्ने अन्दाजी ३१ वर्षकी कमला कंवर रहेकी छिन् ।
बिहीबार बिहान पुजा गर्न भनी गएको र देउता आयो भन्दै तालमा गएपछि उनको डुबेर मृत्यु भएको हो । कंवरको शवलाई तालबाट निकालेर पोष्टमार्टमको लागि जिल्ला अस्पताल सल्यानमा लगिएको छ ।
