• ट्रेण्डिङ्ग :
आगलागीबाट ३५ घर नष्ट, ५० लाखको क्षति

आगलागीबाट ३५ घर नष्ट, ५० लाखको क्षति


  • 2.9K
    SHARES
    • जेठ १०, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 4.4K Views

    आगलागीबाट ३५ घर नष्ट, ५० लाखको क्षति

    रुकुमपश्चिम, १० जेठ । रुकुमपश्चिममा यस वर्ष आगलागीबाट ३५ घर तथा गोठ नष्ट भएका छन् । हिउँदयाम सुरु भएदेखि हालसम्म जिल्लामा २९ घर र छवटा गोठ गरेर ३५ संरचनामा आगलागी भएको हो । 

    images

    आगलागी भएका घरगोठ पूर्णरूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ । आगलागीका कारण एक महिलाको मृत्यु भएको थियो भने आगो निभाउने क्रममा दुई महिला घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बखत शाहीले जानकारी दिनुभयो । 

    उहाँका अनुसार मुसीकोट नगरपालिका, सानीभेरी गाउँपालिका र बाँफीकोट गाउँपालिकामा आगलागीबाट बढी घर क्षति भएका छन् । आगलागीबाट घरमा भएको अन्नपात, लत्ताकपडा, भाँडावर्तन तथा कागजात जलेर नष्ट भएका छन् । पैतीस घरमा आगलागी हुँदा करिब रु ४९ लाख ५२ हजार बराबरको क्षति भएको प्रहरी निरीक्षक शाहीले जानकारी दिनुभयो । 

    गत शनिबार मात्रै मुसीकोट–३ माछमीका गोर्खबहादुर केसीको घरमा विद्युत् सर्ट भएर आगलागी हुँदा रु २५ लाख बढीको क्षति भएको थियो । उहाँको घरमा भएको सुन, नगद, तामा, कासका भाँडावर्तन, अन्नपात जलेर नष्ट भएका थिए । विद्युत् सर्टलगायत व्यक्तिको कमजोरीका कारण आगलागी हुने गरेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ ।


    तेस्रो आँखा