• ट्रेण्डिङ्ग :
जहाजले ठक्कर दिँदा कर्मचारी घाइते

जहाजले ठक्कर दिँदा कर्मचारी घाइते


  • 3.0K
    SHARES
    • जेठ १०, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 4.6K Views

    जहाजले ठक्कर दिँदा कर्मचारी घाइते

    मुगु, १० जेठ । मुगुस्थित रारा विमानस्थलमा जहाजले ठक्कर दिँदा सोही विमानस्थलमा कार्यरत  एक  कर्मचारी घाइते भएका छन् ।

    images

    यात्रु बोकेर बाँकेको नेपालगन्जका लागि उड्ने तयारीमा रहेको सीता एअरको टुइनेटर जहाजको अघिल्लो भागले ठक्कर दिँदा सोही जहाजका मुगु स्टेशन प्रमुख धीरेन्द्र भाम घाइते भएका हुन् । जहाजका चालकलाई विमान उडान सङ्केत गरिरहेका बेला चालकले बोलाएपछि जहाजतर्फ जाँदै गर्दा जहाजको अघिल्लो भागले ठक्कर दिँदा भाम  घाइते भएको प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

    घाइते कर्मचारी भामलाई सीता एयरकै जहाजमार्फत उपचारका लागि नेपालगन्ज लगिएको प्रहरी नायव उपरीक्षक थापाले बताउनुभयो । 


    तेस्रो आँखा