• ट्रेण्डिङ्ग :
खोलाले जिप बगाउँदा दुई जनाको मृत्यु

खोलाले जिप बगाउँदा दुई जनाको मृत्यु


  • 2.7K
    SHARES
    • जेठ २२, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 4.2K Views

    खोलाले जिप बगाउँदा दुई जनाको मृत्यु

    इलाम, २२ जेठ । इलामको माङ्सेबुङ गाउँपालिका ५ लारुम्बाबाट झापाको दमकतर्फ जाँदै गरेको जिप इलामको चुलाचुली गाउँपालिका ५ स्थित रतुवा खोलाले बगाउँदा दुईजनाको मृत्यु भएको छ ।

    images

    जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक प्रभु ढकालका अनुसार मृतक दुवै जनाको सनाखत हुन सकेको छैन । उनीहरुको शव मदनभण्डारी राजमार्गअन्तर्गत चुलाचुली गाउँपालिका र झापाको बेलडाँगी छेउ रतुवा पुलमा फेला परेको हो ।

    मृतकमा एक शिशु र एक महिला रहेका छन् । जिपमा कति जना सवार थिए भन्नेबारे यकीन हुन नसकेको प्रहरीले जनाएको छ ।


    तेस्रो आँखा