• ट्रेण्डिङ्ग :
पृथ्वीलाई जोगाउन सबैले बिरुवा रोपौँः प्रदेश प्रमुख खापुङ

पृथ्वीलाई जोगाउन सबैले बिरुवा रोपौँः प्रदेश प्रमुख खापुङ


  • 2.6K
    SHARES
    • जेठ २३, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 4.0K Views

    पृथ्वीलाई जोगाउन सबैले बिरुवा रोपौँः प्रदेश प्रमुख खापुङ

    मोरङ, २३ जेठ । कोशी प्रदेशका प्रदेश प्रमुख  पर्शुराम खापुङले पृथ्वी जोगाउन सबैले बिरुवा रोपेर वातावरण स्वच्छ राख्नु आवश्यक भएको बताउनुभएको छ ।

    images

     विश्व वातावरण दिवसको उपलक्ष्यमा विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित वृक्षरोपण कार्यक्रममा उहाँले प्रत्येक नागरिकले घरमा एक÷एक रुख रोपेर वातावरण संरक्षणमा योगदान गर्न आग्रह गर्नुभयो ।

    प्रदेश प्रमुख खापुङले प्लाष्टिकजन्य पदार्थलाई बहिष्कार, वृक्षरोपण तथा वनजङ्गल संरक्षण गरे वातावरण प्रदूषण न्यूनीकरण र बाढिपहिरो रोकथाममा योदान पुग्ने भन्दै सबैको ध्यानाकर्षण गराउनुभयो ।

    त्यसअवसरमा प्रदेश प्रमुख कार्यालयका सचिव छविन्द्र पराजुली, कर्मचारी एवं सञ्चारकर्मीले विभिन्न जातका बिरुवा रोपेका थिए । 


    तेस्रो आँखा