• ट्रेण्डिङ्ग :
अपडेट : जन्ती बोकेको ट्याक्टर दुर्घटना, घाइते हुनेको संख्या २३ पुग्यो

अपडेट : जन्ती बोकेको ट्याक्टर दुर्घटना, घाइते हुनेको संख्या २३ पुग्यो


  • 5.7K
    SHARES
    • माघ २७, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 8.7K Views

    अपडेट : जन्ती बोकेको ट्याक्टर दुर्घटना, घाइते हुनेको संख्या २३ पुग्यो

    उदयपुर, २७ माघ ।  उदयपुरको त्रियुगा नगरपालिका- १६ रातापानीबाट जन्ती बोकेर नेपालटारतर्फ जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा एकजनाको घटनास्थलमै ज्यान गएको छ । २३ जना घाइते भएका छन् ।

    images

    आहाले रातापानीबाट उदयपुरगढीको नेपालटार धप्पर बिहेको जन्ती लिएर जाँदै गरेको प्र २-०१-००१ त १०९६ नम्बरको ट्याक्टर अनियन्त्रित भई मदन भण्डारी लोकमार्गको उदयपुरगढी गाउँपालिका- ७ नागबेलीको जंगलमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए । 

    दुर्घटनामा त्रियुगा नगरपालिका- १४ का १९ वर्षीय मिलन मग्रातीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएका छन् ।

    घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर भएकाले जिल्ला अस्पताल गाईघाटमा प्राथमिक उपचारपछि न्यूरो हस्पिटल विराटनगर रेफर गरिएको छ । त्रियुगा नगरपालिका-१६ तीनपानेका २६ वर्षीय सागर कोइराला, त्रियुगा नगरपालिका-१६ रातापानीका २२ वर्षीय दिपेन सुयाल, रौतामाई गाउँपालिका- ७ राजाबासका १८ वर्षीय सुस्मिता अछामे गम्भीर भएकाले विराटनगर रेफर गरिएको हो । 

    त्रियुगा नगरपालिका- १६ आहाले रातापानीका बेहुला धिरेन रोक्का, बेहुलाका बुवा चन्द्रबहादुर रोक्का, नइन्द्र रोक्का, किशोर राई, शेरबहादुर मगर, दिनेश कर्माचार्य, जीवन बिक, मिलन बिक, केदार मगर, मोहनबहादुर मगर, भूपाल सार्की, सुनिल मगर, रवीन्द्र मगर, विदुर सार्की, दिवस रोक्का, टंकबहादुर सार्की, लोकबहादुर राई, अमृतबहादुर सार्की, दिलीप रोक्का, प्रदीप रोक्का, दुर्गबहादुर सार्की, मनोज दर्नाल घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । उनीहरू सबैको जिल्ला अस्पताल गाईघाटमा उपचार भइरहेको जनाएका छन् ।


    तेस्रो आँखा