• ट्रेण्डिङ्ग :
पहिरोमा पुरिएर एकको मृत्यु, दुईजना घाइते

पहिरोमा पुरिएर एकको मृत्यु, दुईजना घाइते


  • 2.7K
    SHARES
    • जेठ ३०, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 4.1K Views

    पहिरोमा पुरिएर एकको मृत्यु, दुईजना घाइते

    खाँदबारी ३० जेठ/सङ्खुवासभाको  चिचिला गाउँपालिका–३ सोलाखानीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छभने अन्य दुईजना घाइते भएका छन् । 

    images

    मङ्गलबार रातिको अविरल वर्षापछि खसेको पहिरोमा परी अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुर बर्दियाका घोराभिट्टाका गङ्गाराम थारुको मृत्यु भएको  तथा मकवानपुरका उमेश  कार्की र गोविन्द थारू घाइते  भएका प्रहरीले जनाएको छ । उनीहरू निदाएका बेला पहिरो खसेको हो । जलविद्युत् आयोजनाले कामदारका निम्ति निर्माण गरेका १४ वटा कोठामध्ये ३ वटा पुरिएका छन् ।


    तेस्रो आँखा